YouTube doesn't want you know this subscribers secret
Get Free YouTube Subscribers, Views and Likes

नेपालीको मौलिक चाड दशैं

Follow
Binu Pokhrel

GUEST: Jagaman Gurung
HOST : Binu Pokhrel
CAMERA/EDIT: Arya Digital

भिडियो भित्र :
दशैमा पूजिने मन्दिरमा जनजाति पुजारी,अनि दशैं चाड बाहुनको ?

दशैं आयो है ? गाउँमा हुनुहुन्छ भने घरहरु रोतो, कमोरो, सोतो माटोले लिपेर चिरिच्याट्ट बन्दै होलान्, पाहुँनालाई ख्वाउन भनेर केरोको घरी पनि साँच्नु भएको होला, अनि मासु खाने घरमा मासुको पनि निधो गरिसक्नुभएको होला । अरु के के तयारी गर्नुभयो ?
घर घरमा मात्र होइन टोल टोल,चौतारो, कुलो, बाटो सफा गर्ने अभियान चलिरहेको होला ।
यो सबै सम्झदा नि हिलो मैलो, गर्मी सकिएको जाडो पनि आइ नसकेको शरद ऋतु को मोहनीमा पुग्छ मन । घाम पनि न्यानो महसुस हुने । बिहान उठ्दा चरा कराएको मधुर आजाव,शितका थोपाहरु पनि मोती जस्तै टल्कने, आहा यो मौसमको माधुर्यता है ।
तर त्यो दशै गाउँमा नै छ । त्यसैले त होला आज शहर रित्तो बनाए गाउँ जान हतारिन्छन् शहरवासीहरु । कैले घर जाने भन्दा दशैं भनेर भन्ने चलन् छ । दशैमा पनि घर भएन भने दशैमा पनि नगएको भनिन्छ ?
किनकि यहाँ त दशै नमान्ने मुसलमान छिमेकीहरु पनि आफू दशै नमानेपनि केरा फलफुल कोसेली लिएर दशैमा हिन्दू छिमेकीको घर पुगछन् । यसरी हेर्दा दशैं मौलीक मात्र नभएर र हरेक नेपालीको साझा पर्व हो । हुनपनि नेपालीले दशैं मनाउछन् भनेर संसारभर संचार भएको छ र विभिन्न देशका प्रमुखहरुले नै दशैंको शुभकामना दिएको सुन्न पाइन्छ । साच्चै भन्दा दशैं नेपालीहरुलाई एकशुत्रमा बाध्ने चाड भएको छ ।
तर विडम्बना ,
केही वर्ष यता हातमा गन्न सककिने केही मान्छेहरु दशैलाई कसैलाई हेपिएको चाड भन्दै बहिस्कार गर्न थाल्नुभएकोछ । भन्नुहुन्छ दशैं जनजातिलाई हराएर मान्न सुरु गरिएको चाड हो । यो हिन्दूहरुको चाड हो त्यसैले हामी मान्दैनौं ।
तर त्यस्तो होला त तथ्य हेर्दा त खासमा यो हिन्दूहरुको चाड नभएर नेपालीको मौलिक चाड हो । अझ हिमालका दुर्गम गाउँमा भएका दुर्गाला हांकेर बसेका दुर्गाहरुले असुरहरुलाई जीतेको उल्लासमा मनाइएको चाड हो ।
अर्को दशैंमा देवीको पूजा हुन्छ । अनि नेपालका ९९ प्रतिशत देवी मन्दिरहरुमा जनजाति पूजारी छन् । त्यसका लागि केही देवी मन्दिरका पुजारी हेरौं है त ।
मनकामना देवी मन्दिर जहाँका मुल पूजारी थापा मगर छन् । जो आफूलाई लखनथापाका दशौं सन्तान मान्छन् । यो उनीहरुको पुस्तैनि पेशा हो । अर्को छ स्याङ्जाको सतौंचण्डी मन्दिर जहाँ दशैंको समयमा मेला लाग्छ । जहाँ प्रेम थापामगर नामका पूजारी छन् । स्त्रीकै पूजा हुने त्यस मन्दिरमा स्त्रीहरुलाई नै प्रवेस दिइदैन । त्यस्तै बाराको गडिमाई मन्दिर जहाँ नेपाल मात्र हैन, भारत, बंगलादेश दखि भुटानसम्मका भक्तजनहरु आउँछन् । यो दक्षिण एसियाकै ठूलो बलि दिने मन्दिरहो । जहाँ थारु पूजारी छन् ।
त्यस्तै उपत्यकामा भक्तपुरको नवदुर्गा भगवतीमा बज्रचार्य, दक्षिकाली भगवती मन्दिरका बज्राचार्य । धनकुटाको छिन्ताङ् देवी मन्दिरमा राई , सप्तरीको राजराजेश्वरीमा थारु, धरानको बुढासुब्बामा रानामगर । काब्रेको पलाञ्चोक भगवतीमा बज्राचार्य यस्ता एक दुई होइन ९९ प्रतिशत देवि मन्दिरमा जनजाति पूजारी छन् । त्यसो हुँदा त देवीको पूजा हुने बली दिइने यो चाड पनि जनजातिहरुबाट नै सुरुभएको भनेर अरु कुनै प्रमाण चाहिन्छ ?
यसरी हेर्दा त खासमा दशैं जनजातिहरुले सुरु गरेर ब्रह्मणक्षेत्रीले पनि अपनाएको चाड भएको देखिन्छ दशैं । यसरी हेर्दा त जो दशैको विरोध गर्दै हुनुुहन्छ नि उहाँहरुले आफै माथि फर्किएर आफैलाई थुके जस्तै हो ।
तर यिनिहरु के जानेरै दशैको विरोध गर्न आएका हुन् कि नजानेर ? अनि दशैमा पुजीने देवीहरु को हुन् ? संसारभर नभएको कसरी यहाँ चै देवीको या स्त्रेण गुणको पूजा गर्ने परम्परा र¥यो ?जस्ता प्रश्नमा आजको संवाद केन्द्रित छ ।
संवादमा हामीसँग हुनुहुन्छ प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, हाम्रो आदरणिय व्यक्तित्व जगमान गुरुङ । जहाँ हामीले दशै पर्वको इतिहास देखि अहिले विरोधमा निस्कीएको जमात,नेपालमा हुने सास्कृतिक आक्रमणको कारण खोजेका छौं ।
दशैं त एक चाड मात्र भयो , यसका साथमा संस्कृति, संस्कृतिक आक्रमण देखि मानव सभ्यतासम्म पुगेर गरिएको संवाद छ । जगमान गुरुङले कसरी प्रष्टसँग तथ्य राख्नु हुन्छ यो त मैले भनिरहन पर्दैन त्यसैले गएर पड्काष्ट हेर्नोस् र ति तमाम विषयमा भएका भ्रमबाट मुक्त हुनुस् ।



Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.

Turn on notifications to stay updated with new uploads!

http://www.Binupokhrel.org
►   / binuebhi  
►   / binuebhi  
►   / binupokhrel9  
[email protected]
► 9779851177244

#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Samyak Samwad Clips)

posted by bluesparrow2t